जेठ ०५, २०८१, शनिबार
               

आगलागी हुँदा ७० लाखको क्षति

रासस
बैशाख ३०, २०७७

ADVERTISEMENT

इलामको माईजोगमाई गाउँपालिका–३ शुक्रबारे बजारमा सोमबार साँझ भएको आगलागी भएको छ । आगलागीबाट करिब ७० लाख बराबरको क्षति भएको छ । साँझ ९ः४५ बजे बेद कैयाको घरबाट आगलागी सुरु भएको थियो । आगलागीबाट तीन घर पूर्णरूपमा क्षति पुगेको हो ।

नामसालिङ प्रहरी चौकी इन्चार्ज टेकराज गिरीका अनुसार कैयाको घरमा कोही पनि नभएको अवस्थामा आगलागी भएको थियो । घरमा रहेको दुईमध्ये एउटा ग्यासको सिलिन्डर विष्फोट भएको थियो । आगलागीबाट रुकमेणा प्रधानको घर र किराना पसल, छत्रकुमारी लावरको घर तथा कैयाको जुत्ता र कपडा पसलमा क्षति पुगेको छ । 

नामसालिङ प्रहरी चौकी, इलाका प्रहरी कार्यालय नयाँबजार र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । पानी ओसारेर आगो नियन्त्रणमा लिनुपर्ने भएकाले धेरै समय लागेको इन्चार्ज टेकराज गिरीले जानकारी दिए ।

पीडित परिवारलाई तुरुन्तै ५० हजार र लत्ता कपडा राहतस्वरुप प्रदान गरिने माईजोगमाई गाउँपालिकाका अध्यक्ष जीतबहादुर राईले जानकारी बताए । 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि