जेठ ०७, २०८१, सोमबार
               

भुल्केमा एकै परिवारका पाँच जना कोरोना संक्रमित

नेपाल फ्ल्यास
बैशाख ३०, २०७७

ADVERTISEMENT

उदयपुर । नेपालकै सबैभन्दा बढी कोरोना संक्रमणको केन्द्रविन्दु बनेको छ 'उदयपुर जिल्ला' । 

जिल्लाको त्रियुगा नगरपालिका–३ भुल्केका ५५ घर मुस्लिम परिवारका छिमेकी मात्र नभएर एकै घरपरिवारका हजुरआमा, नातिनी, ज्वाइँ तथा श्रीमान्, श्रीमतीसमेत कोरोना संक्रमित छन् ।

स्वास्थ्य कार्यालय उदयपुरका अनुसार पहिलो चरणमा नै २८ जना कोरोना सङ्क्रमित देखिएको भुल्केमा एउटै घरका ६८ वर्षीया हजुरआमा, १८ वर्षीया नातिनी र ३८ वर्षीय ज्वाइँ कोरोना सङ्क्रमित भएका थिए । 

गत शनिबार थप चार जनामा पुनः कोरोना संक्रमण देखिएपछि ती चारमध्ये दुई जना एउटै घरका ४५ वर्षीय श्रीमान् र ४३ वर्षीया श्रीमती रहेको स्वास्थ्य कार्यालय उदयपुरले बताएको छ ।

अहिलेसम्ममा नेपालकै सबैभन्दा बढी ३२ जनामा कोरोना सङ्क्रमण देखिएको भुल्केको ५५ घर मुस्लिम परिवारमध्ये दुई÷तीन घरका सङ्क्रमित एउटै घरका रहेको कार्यालयले बताएको छ । 

हालसम्ममा भुल्केमा ३२ संक्रमितमध्ये छ भारतीय जमाती, आठ भुल्केका स्थानीय नागरिक गरेर १४ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । बाँकी २२ जनाको कोशी अस्पताल कोरोना उपचार केन्द्र विराटनगरमा उपचार भइरहेको छ ।

मुस्लिम परिवार र ३०० घर अन्य समुदाय रहेको भुल्केमा अहिलेसम्म ५५ मुस्लिम घरबाहेक अन्य समुदायमा भने कोरोना सङ्क्रमण पुष्टि नभएको कार्यालयले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि