जेठ ०५, २०८१, शनिबार
               

मौसमविद् भन्छन्, कोरोनासँगै मौसमले पनि साथ दिएन

नेपाल फ्ल्यास
बैशाख ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले मंगलबारको मौसम पूर्वानुमान जारी गरेको छ । मौसमविद्का अनुसार विश्वभर महामारीका रूपले फैलिएको कोरोना भाइरससँगै नेपालमा मौसमले पनि साथ दिएको छैन ।

महाशाखाले जारी गरेको मंगलबारको मौसम पूर्वानुमानका अनुसार हाल देशमा पश्चिमी न्युन चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव हुनुका साथै बंगालको खाडीवाट भित्रिएको जलवाष्पयुक्त वायुको प्रभाव रहेको देखिन्छ । यसैगरी, अहिले देशभरीको मौसम भने पश्चिमी भूभागमा  सामान्य बदली रहि बाँकी भूभागमा आंशिक बदली रहेको छ ।

त्यस्तै, मंगलबार दिउँसो देशको अधिकांश भूभागमा सामान्य  बदली रहनेछ। देशको पहाडी भूभागका केही स्थानहरुमा र तराईका थोरै स्थानहरुमा मेघगर्जन,चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको पूर्वानुमानमा उल्लेख छ । 

राति  देशको पुर्वी र मध्य भूभाग लगायत पश्चिमी  पहाडी भूभागमा सामान्य बदली र बांकी भूभागमा आंशिक बदली रहनेछ। पूर्वी तथा मध्य भूभागका थोरै स्थानहरु र पश्चिमी भूभागका एक वा दुई स्थानमा मेघगर्जन,चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।


कस्तो लाग्यो ?

यो पनि