जेठ ०६, २०८१, आइतबार
               

राजदूतलाई बाेलाएर नेपालको ‘कूटनीतिक नोट’

नेपाल फ्ल्यास
बैशाख २९, २०७७

ADVERTISEMENT

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालका लागि भारतका राजदूत विनयमोहन कोत्रालाई सीमासम्बन्धी नेपालको अडानबारे जानकारी दिँदै ‘कूटनीतिक ( डिप्लोम्याटिक) नोट’ हस्तान्तरण गरेका छन् । मन्त्री ज्ञवालीले राजदूत कोत्रालाई आज परराष्ट्र मन्त्रालयमा बोलाएर कूटनीतिक नोट हस्तान्तरण गरेका हुन् ।

नेपाली भूमि लिपुलेकमा भारतले चीनसँग जोड्ने सम्पर्क सडक निर्माण गरी उद्घाटनसमेत गरेको सार्वजनिक भएपछि त्यसबारे भारतको औपचारिक धारणा बुझ्न र नेपालको पुरानै अडानबारे अवगत गराउन सरकारले राजदूतलाई परराष्ट्र मन्त्रालयमा बोलाएर सो कूटनीतिक नोट दिएको हो । 


कस्तो लाग्यो ?

यो पनि