जेठ ०७, २०८१, सोमबार
               

सप्तरीमा पनि भेटिए कोराना संक्रमित

नेपाल फ्ल्यास
बैशाख २९, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रदेश २ को सप्तरी जिल्लामा पनि कोरोना संक्रमित भेटिएका छन् ।

डाक्नेश्वरी नगरपालिका ३ का १८ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जाँच गर्दा ती युवकमा कोरोना सं‌क्रमण देखिएको हो ।

संक्रमित युवक हाल स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२१ पुगेको छ । आज (सोमबार) नै कपिलवस्तु जिल्लाका १० जनामा युवकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।


कस्तो लाग्यो ?

यो पनि