जेठ ०७, २०८१, सोमबार
               

भारतबाट लुकिछिपी नेपाल आएका थिए संक्रमित १० युवक

नेपाल फ्ल्यास
बैशाख २९, २०७७

ADVERTISEMENT

बुटवल । कपिलवस्तुमा कोरोना संक्रमण भेटिएका कपिलवस्तुका १० युवाहरु भारतबाट लुकिछिपी नेपाल आएको खुलेको छ । भारतको मुम्बई र दिल्लीबाट उनीहरु कपिलबस्तु आएका हुन् ।

सोमबार कपिलवस्तुका १८ देखी ३४ बर्षका पूरुषहरुमा  कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । 

कपिलबस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलका अनुसार, संक्रमित १० युवक रोजगारीको लागि मुम्बई र दिल्लीबाट फर्किएका हुन् ।

लकडाउनको समयमा उनीहरु सीमानाकामा लुकिछिपी नेपाल प्रवेश गरेको बताइएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षण अनुसार संक्रमितहरुमा कपिलवस्तु यशोधरा गाउँपालिका– ५ र वुद्धभूमि नगरपालिका– ७, १० निवासी १८, १९, २०, २०,  २४, ३०, ३१, ३४, ३४ वर्षीय पुरुष र एकजनाको उमेर खुलेको छैन । 

यसअघि कपिलबस्तुमा भेटिएका पाँच जना भारतको मुम्बईबाट फर्किएका थिए । उनीहरु पनि लुकिछिपी नेपाल आएका थिए ।


कस्तो लाग्यो ?

यो पनि