जेठ ०५, २०८१, शनिबार
               

आज पनि सतर्क रहन मौसमविद्ले दिए सुझाव

नेपाल फ्ल्यास
बैशाख २९, २०७७

ADVERTISEMENT

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशका केही स्थानमा चट्याङ्, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाएको छ । 

सोमबार महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्युन चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव हुनुका साथै बंगालको खाडीवाट भित्रिएको जलवाष्पयुक्त वायुको प्रभाव रहेको छ । 

यसैगरी, महाशाखाले हाल देशको सुदुर पश्चिम प्रदेशमा आन्शिक बदली रहेको छ भने बाँकी सबै प्रदेशहरुमा सामान्य बदली रहेको जानकारी दिएको छ । 

महाशाखाले जारी गरेको पूर्वानुमानमा उल्लेख भएअनुसार दिउँसो   देशको अधिकांश भू–भागमा सामान्य  बदली रहनेछ । देशको पहाडि भू–भागका केही  स्थानहरु र तराईका थोरै स्थानहरुमा मेघगर्जन,चट्याङ,असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी, राति देशको अधिकांश भू–भागमा सामान्य बदली रही थोरै स्थानहरुमा मेघगर्जन,चट्याङ्ग,असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।


कस्तो लाग्यो ?

यो पनि