असोज ०७, २०८१, सोमबार
               

चीनको प्रचारः 'सर्वोच्च शिखर सगरमाथा तिब्बतमा पर्छ'

नेपाल फ्ल्यास
बैशाख २८, २०७७

ADVERTISEMENT

काठमाडौं । भारतले धार्चुलादेखि नेपाली भूभाग लिपुलेकसम्म एक पक्षीय रुपमा सडक निर्माण गरी सञ्चालनमा ल्याएको विषयमा विरोध भइरहँदा चीनको सञ्चार माध्यमले सर्वोच्च शिखर सगरमाथा चीनमा पर्ने दाबी गर्दै प्रचार गरेको छ ।

चीनले विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरो आफ्नो देशमा पर्ने भन्दै प्रचार गरेको छ । 

चीनको राष्ट्रिय टेलिभिजन चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन) ले आफ्नो आधिकारिक ट्विटर पेजमा सगरमाथाको तस्बिर राख्दै यस्तो प्रचार गरेको हो ।

सगरमाथा चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेको भन्दै सीजीटीएनले मे २ मा (सामाजिक सञ्जालमा) प्रचार–प्रसार गरेको हो ।

ट्विटमा चोमोलोङमाको चुचुरो माथि देखिएको विशेष किसिमको सुर्यको दृश्य भनी तस्बिर राखिएको छ । जसमा विश्वको सर्वोच्च शिखर माउन्ट एभरेष्ट चीनमा पर्छ भनिएको छ । चीनमा सगरमाथालाई कोमोलोङमा भन्ने गरिन्छ ।

सीजीटीएनको उक्त पोस्टमा अधिकांशले आपत्ती जनाएका छन् । सगरमाथा नेपालमा पर्ने भन्दै गलत प्रचार नगर्न उनीहरुले सुझाव दिएका छन् ।

चाइना ग्लोबल टेलिभिजन नेटवर्क चीन सरकारको आधिकारिक टेलिभिजन हो । यो विश्व परिवेशमा चीनको आधिकारिक धारणा र समाचार प्रसारण र प्रकाशन गर्छ । उक्त टेलिभिजनमा सगरमाथा चीनमा पर्छ भनी उल्लेख गर्नुले गम्भीर प्रश्न उठाएको छ । चीनमा सगरमाथालाई कोमोलोङमा भन्ने गरिन्छ ।

सगरमाथाको चुचुरो नेपालमा पर्छ र यसलाई विश्वले  स्वीकार्दै आएको छ । तर, चीनले पछिल्लो समय विश्वको सर्वोच्च शिखर सगरमाथालाई कोमोलोङमा भन्दै आफ्नो देशमा पर्ने दबीसहित प्रचार गर्न थालेको छ । चीनले सगरमाथाको उचाई आफ्नो तर्फबाट नाप्न थालेको छ ।

यो पनि