जेठ ०५, २०८१, शनिबार
               

तीन दिनसम्म माैसम प्रतिकुल रहने

नेपाल फ्ल्यास
बैशाख २८, २०७७

ADVERTISEMENT

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव र स्थानीय वायुको प्रभाव साथै तथा  बंगालको खाडीवाट भित्रिएको जलवाष्पयुक्त वायुको सामान्य प्रभावले तीनदिन सम्म माैसम प्रतिकुल रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल पश्चिमी भुभागहरूमा बदली भई हावाहुरी, मेघ गर्जन र चट्याङ सहित केहि स्थानहरूमा वर्षा भइरहेको छ र बाँकी भुभागमा सामान्य सफा रहेकाे महाशाखाले जानकारी दिएको छ ।

आईतबारकाे माैसम

देशको पश्चिमी भूभाग लगायत मध्य र पुर्वका पहाडी भूभागमा सामान्य  बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली  रहनेछ । पश्चिमी भूभागका केही  स्थानहरूमा साथै  मध्य र पुर्वका एक दुई स्थानहरूमा  मेघगर्जन/ चट्याङ्ग/असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।
रातीः  देशको पश्चिमी भुभागमा सामान्य बदली रहि बाँकी भुभागमा आंशिक बदली रहनेछ । पश्चिमी भुभागका थोरै स्थानहरूलगायत मध्य र  पुर्व  १-२ स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/ असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

साेमबारकाे माैसम

दिउँसोः  देशको अधिकांश भूभागमा सामान्य  बदली रहनेछ। देशको पहाडी भुभागका केही  स्थानहरू र तराईका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।
रातीः  देशको अधिकांश भूभागमा सामान्य बदली रही थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

मंगलबारकाे माैसम

दिउँसोः  देशको केही  स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षा को सम्भावना रहेको छ ।
रातीः  पूर्वी भूभागका केही स्थानहरू, मध्य भुभागका थोरै स्थानहरू र पश्चिमी भुभागका १-२ स्थानहरूमा  मेघगर्जन/ चट्याङ्ग/असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि