असोज ०६, २०८१, आइतबार
               

क्वारेन्टाइनबाट निकालेर जबर्जस्ती घरमा

नेपाल फ्ल्यास
बैशाख २६, २०७७

ADVERTISEMENT

लुम्बिनी । समरीमाई गाउँपालिका वडा नं १ का वडाध्यक्ष शिवकुमार यादवले भारतबाट आएकी आमालाई जबर्जस्ती क्वारेन्टाइनबाट निकालेर घर लगेका छन् ।

समरीमाई ७, बेतकुइया मर्चवारको भैसागाहन मदरसामा दुई दिनदेखि रहेकी ४८ वर्षीया सावित्री यादव तीन दिनअघि भारतबाट लुकिछिपी नेपाल आएकी थिइन् ।

नेपाल आएको खबर पाएपछि गाउँलेको विरोधपछि उनलाई बेतकुइयाको भैसागाहन मदरसामा राखिएको थियो । उनको स्वास्थ्य जाँच नगरी नै वडाध्यक्षले जर्बस्ती घर लगेको उक्त क्वारेन्टाइनका स्वास्थ विभाग प्रमुख मुन्सीप्रसाद माझीले बताए।

उनले भने, ‘वडाध्यक्षज्यूहरूले लैजाने भन्नुभएछ, हामीले त नलैजानुस् भनेकै हो तर उहाँले लगेर जानुभयो । ’ क्वारेन्टाइनमा अहिले २८ जना छन् । ति सबै भारतबाट आएका हुन् । क्वारेन्टाइनमा नेपाल प्रहरीको सुरक्षा टोली छ ।

क्वारेन्टाइनबाट जबर्जस्ती आफ्नो मान्छे लगेको भन्दै त्यहाँं बसेका अन्य व्यक्तिले पनि अब त्यहाँ नबस्ने भन्दै झगडा सुरु गरेको गाउँपालिका अध्यक्ष जीतेन्द्रनाथ शुक्लाले बताए। उनले भने, ‘म जिल्लाभरिका स्थानीय तहका प्रमुखहरूको बैठकमा सहभागी हुन भैरहवा छु, मैले भर्खर सुनेँ । क्वारेन्टाइनमा बसेको मान्छेको स्वाव परीक्षण नगरी घर लैजान मिल्दैन । ’

क्वारेन्टाइनमा आएकाहरू सबैको रिर्पोट नेगेटिभ आएको छ । क्वारेन्टाइनमा बसेको मान्छेलाई यत्तिकै घर लग्न नपाइने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए ।

उनले भने, ‘मलाई जानकारी आएको छैन तर त्यसरी लैजानै मिल्दैन ।’ मर्चवार क्षेत्र भारतसँंग सीमा जोडिएको रुपन्देहीको दक्षिणी क्षेत्र हो । उक्त क्षेत्रबाट मानिसहरु राति नेपाल प्रवेश गरिरहेको गुनासो छ ।


कस्तो लाग्यो ?

यो पनि