जेठ ०५, २०८१, शनिबार
               

बहिरा विद्यालयलाई खाद्यान्न सहयोग

रासस
बैशाख २६, २०७७

ADVERTISEMENT

फरक क्षमता भएका बालबालिका मात्र अध्ययन गर्ने स्वावलम्बी बहिरा आवासीय विद्यालय बन्दाबन्दीको बेलामा खाद्यान्न अभाव भएपछि दाताहरुले सहयोेग हस्तान्तरण गरेका छन् ।

लकडाउनपछि विद्यालय बन्द भए पनि केही विद्यार्थी घर जान नसकेकाले  उनीहरुका लागि आवश्यक पर्ने खाद्यान्न अभाव भएको थियो ।

स्वावलम्बी बहिरा आवासीय  विद्यालय मुरलीभञ्याङलाई वडा कार्यालयबाट पाँच बोरा चामल, दाल, नुन, तेल, दिनेश तामाङबाट पाँच बोरा चामल, नुन, तेल चिनी, चिया, प्रारम्भ एग्रो कम्पनीबाट फर्सी ३० किलोग्राम, आलु, गुन्द्रुक अदुवा र समाजसेवी ज्यामरुङ निवासी केशव धमलाबाट पाँच बोरा चामल, दाल, तरकारी नुन, तेल प्राप्त भएको विद्यालयका प्रधानाध्यापक रामप्रसाद अधिकारीले बताए।

स्वावलम्बी बहिरा आवासीय विद्यालयमा ६५ फरक क्षमता भएका विद्यार्थी रहेकामा १० शिक्षक विद्यार्थी बन्दाबन्दीको समयमा समेत विद्यालयको आवासमा बस्दै आएका छन् । 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि