जेठ ०५, २०८१, शनिबार
               

लकडाउनले औषधि अभाव

रासस
बैशाख २६, २०७७

ADVERTISEMENT

फरक क्षमता भएका व्यक्ति (अपाङ्गता) लाई औषधिको अभाव भएको छ । कोभिड–१९ को जोखिम हुन नदिन बन्दाबन्दी जारी रहँदा नियमित खानुपर्ने औषधि जिल्लामा उपलब्ध नभएपछि उनीहरूलाई समस्या परेको हो ।

मनोसामाजिक समस्या भएका व्यक्तिहरुले औषधि खरिद गर्न नपाएर समस्या भोगिरहेका छन् भने रकम अभावमा समेत उनीहरुले डेढ महिनाको लकडाउनमा औषधि खरिद गर्न नसकेको राष्ट्रिय अपाङ्ग महासङ्घका केन्द्रीय सदस्य गुणराज खतिवडाले जानकारी दिए।

केहीले आफूसँग पैसा नभएर औषधि नपाएको गुनासो गरिरहेका छन् । जिल्लामा मनोसामाजिक औषधि खानुपर्ने अवस्थाका ४०० व्यक्ति रहेका छन् । उनीहरु बन्दाबन्दीले गर्दा समस्या भोगिरहेको उनको  भनाइ छ ।

हेमोफेलियासम्बन्धी अपाङ्गता भएका बिरामी सात जना छन् । उनीहरुले नियमित औषधि खानुपर्छ । यसको औषधि काठमाडौँमा मात्र पाइने भएकाले औषधि ल्याउन समस्या भएको छ । वीर अस्पतालमा मात्र औषधि पाइन्छ, तर त्यहाँ पनि पाउन पहिल्यै नाम दर्ता गराउनुपर्ने हुन्छ ।
 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि