जेठ ०५, २०८१, शनिबार
               

काठमाडौं प्रवेशमा कडाइ, दैनिक फर्किन्छन् सयभन्दा बढी गाडी

नेपाल फ्ल्यास
बैशाख २६, २०७७

ADVERTISEMENT

कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको जोखिम कम गर्न गरिएको लकडाउनको समयमा पनि बाहिरी जिल्लाबाट मानिसहरू काठमाडौं भित्रिन नरोकिएपछि काठमाडौं प्रवेशमा कडाइ गरिएको छ । 

बहिरी जिल्लाबाट मानिसहरु आवतजावत गर्दा काठमाडौंमा कोरोनाको जोखिम बढ्ने भन्दै काठमाडौं प्रवेश गर्ने विभिन्न नाकामा चेक जाँच कडाइ गरिएको हो । 

५० लाखभन्दा बढी जनसङ्ख्या रहेका काठमाडौंमा यसअघि थोरै मात्र बाहिरिएका छन् । यसअघि उपत्यकाबाट बाहिरिने संख्या धेरै हुने गरेकोमा पछिल्लो केही दिनदेखि भने उपत्यका भित्रिन खोज्ने बढेपछि नाकामा थप कडाइ गरिएको हो । 

तराईका केही जिल्लामा कोरोना सङ्क्रमणको दर बढ्दै गएपछि काठमाडौं सुरक्षित हुने भन्दै मानिसहरु काठमाडौं भित्रिने प्रयास गरेपछि अत्यावश्यक काम बाहेकको अवस्थामा आउन रोक लगाइएको प्रहरीले जनाएको छ ।

पछिल्लो एक सातामा पहुँचका आधारमा पास लिएर विना काम उपत्यका छिर्न खोज्ने करिब ७ सयभन्दा बढी सवारीसा धनलाई फर्काएको काठमाडौं प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवालीले बताए । ‘हामीले भित्रिएका हरेक यात्रुको विवरण सङ्कलन गरेका छौँ, तर बाहिरै फर्काइएकाहरूको डाटा राखेका छैनौं। दैनिक सय भन्दा बढी सवारी फकाईएका छन्, ती मध्ये, धेरैजसोले पास लिएका थिए’ ज्ञवालीले भने ।

अत्यावश्यक कामका लागि काठमाडौं भित्रिनेहरूको भने स्वास्थ्यसमेत परीक्षण गरराईएको छ । तराइका केही जिल्लामा कोरोना सङ्क्रमण विस्तार भएपछि अत्यावश्यक सेवाबाहेकको अवस्थामा उपत्यकाबाहिरबाट आउन रोक लगाइएको उनले बताए । 

यसरी नाकाबाट फर्काइने सवारीसाधनमा एम्बुलेन्स समेत छन् । कतिपय एम्बुलेन्सले समेत बिरामी भनेर यात्रु बोक्ने गरेको पाइएपछि फर्काइएको हो । काठमाडोै उपत्यकाका अन्य नाकामा पनि विनाकाम उपत्यका छिर्न खोज्ने यात्रुलाई रोकिएको छ ।

बिहीबार काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगामा प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीले समेत अवलोकन गरेका थिए ।  नागढुंगा नाकाको निरीक्षणका लागि पुगेका आइजीपी ज्ञवालीले सुरक्षामा खटिएका अधिकारीलाई अत्याआवश्यक बाहेक कुनै पनि सवारी साधन काठमाडौं प्रवेश गर्न नदिन निर्देशन दिएका थिए ।

उता भक्तपुरको जगाती नाकामा उपत्यका भित्रिने सम्पूर्ण यात्रुको विवरण राख्न थालिएको छ ।  नाकामा कोरोना डेस्क नै स्थापना गरी अत्यावश्यकबाहेक पास भएका सवारीलाई समेत फर्काउन थालिएको छ । 

केही समयअघि स्थानीय तहहरूले अलपत्र परेका आफ्ना नागरिकलाई बस रिजर्भ गरेर विभिन्न गन्तव्यमा लगे पनि गृह मन्त्रालयको कडाइपछि हाल बन्द भएको हो ।

यो पनि