जेठ ०५, २०८१, शनिबार
               

बुद्ध जयन्तीको अवसरमा रक्तदान

नेपाल फ्ल्यास
बैशाख २५, २०७७

ADVERTISEMENT

कास्की । पोखराको नदीपुरस्थित धर्मशिला बुद्ध विहारअन्तर्गत युवाबौद्ध सङ्घले २५६४औँ बुद्ध जयन्ती अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ६४ युनिट रकत सङ्कलन भएको छ । 

सङ्घले नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीसँगको सहकार्य र नेपाल रेडक्रस सोसाइटी कास्की क्षेत्रीय रक्त सञ्चार सेवाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न गरेको कार्यक्रम संयोजक अनन्तराज आचार्यले जानकारी दिए ।  

विगत वर्षमा विभिन्न कार्यक्रम गर्दै आएको बौद्धसङ्घले कोरोना सङ्क्रमणबाट सिर्जित अवस्थालाई ध्यान दिँदै यो वर्ष रक्तदान कार्यक्रमलाई मात्रै निरन्तरता दिएको सङ्घका अध्यक्ष सुदीप प्रधानाङ्गले जानकारी दिए । साथै उनले आज बिहान करिब एक हजार जनालाई भोजन वितरण गरेको जानकारी दिए । 

यसअघि सङ्घले यही वैशाख १५ गतेदेखि एक दिन बिराएर ४०० जनालाई भोजन वितरण गर्दै आएको थियो भने धर्मशिला बुद्ध बिहारका तर्फबाट वडा नं ३ लाई ५५ हजार ५०५ सहयोग गरेको थियो । क्तदान कार्यक्रममा वडा नं ३ का अध्यक्ष रविन्सन प्रजुले वर्तमान अवस्था अनुकुल नभए पनि प्रतिकूलतामा अनुकूलता खोजेर आफ्नो धर्म संस्कार संस्कृतिको उत्थान गर्नुपर्नेमा बताए । बिहारका दायक सभाअध्यक्ष गोविन्द ताम्राकारले कोरोना सङ्क्रमणको विषम परिस्थितिमा भीडभाडलाई  ध्यान दिदैँ विहान ७ः०० बजे  भिक्षु धज्जवन्तोमार्फत भएको विशेष पूजालाई बिहारको फेसबुक पेजबाट लाइभ गरिएको जानकारी दिए । 

भोजन वितरण एवं रक्तदान कार्यक्रमका लागि सिद्धि सेतुली स्मृति प्रतिष्ठान, इच्छामान बुद्धाचार्य (इच्छाशक्ति अटोमोबाइल प्रालिका), इनरव्हिल क्लब अफ पोखरा मिडटाउन, मिलीजुली बुहारी समूह, बौद्ध उपासिका सङ्घ, भौमचा ग्रुपलगायतले आर्थिक सहयोग गरेका थिए । 

यो पनि