असोज ०६, २०८१, आइतबार
               

लायन्स क्लब निजगढद्वारा रक्तदान

नेपाल फ्ल्यास
बैशाख २५, २०७७

ADVERTISEMENT

लायन्स क्लब निजगढले २५६४औँ बुद्धजयन्तीको अवसरमा आज रक्तदान कार्यक्रम आयोजना गरेको छ ।  १३ जना महिलासहित १०० जनाले रक्तदान गरेको लायन्स क्लब अफ निजगढका प्रेसिडेन्ट विनोद खरेलले जानकारी दिए ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनका कारण रक्तदानमा कमी आएपछि रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।

स्थानीय जनप्रतिनिधि, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, राजनीतिक दलका स्थानीय नेता, व्यवसायी, स्थानीय सामाजिक सङ्घसंस्थाका प्रतिनिधि र कर्मचारीले रक्तदान गरेका थिए । 


कस्तो लाग्यो ?

यो पनि