जेठ ०५, २०८१, शनिबार
               

दुई चिनियाँ जहाज ३४६ जना नागरिक बोकेर फर्किए

नेपाल फ्ल्यास
बैशाख २५, २०७७

ADVERTISEMENT

चीनको दुई वायु सेवा प्रदायक कम्पनीका जहाजले आफ्ना ३६४ नागरिक बोकेर फर्किएका छन् । चीनको एयर चाइना र साउदर्न एयरले चिनियाँ नागरिकलाई चार्टर्ड उडानमार्फत स्वदेश लगेका हुन् ।

एयर चाइनाले १६२ र चाइना साउदर्नले १८४ यात्रु बोकेर गन्तव्यतर्फ उडेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले चीनका दुवै चार्टर्ड उडान केहीबेर अघि गन्तव्यतर्फ उठेको जानकारी दिए । यी दुई उडानमध्ये एयर चाइना छेन्दु जानेछ भने चाइना साउदर्न ग्वाङ्जाओका लागि उडान भरेको उनले बताए

नेपालमा लकडाउनका कारण रोकिएका चिनियाँ नागरिकलाई यहाँस्थित चिनियाँ दूतावासको पहलमा ती नागरिक स्वदेश फर्किएका हुन् ।

 

यो पनि