जेठ ०६, २०८१, आइतबार
               

संसदभित्र के-के निषेध गरियो ?

नेपाल फ्ल्यास
बैशाख २५, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना संक्रमणको जोखिमका बीच सुरु हुन लागेको बजेट अधिवेशनमा चस्मा लगाएर जान नपाइने भएको छ । 

संसद सचिवालयले कलम, डायरी र औषधि, चश्मासमेत संसदभित्र लैजान निषेध गरेको छ ।

विशिष्ट व्यक्ति, संवैधानिक अंगका प्रमुख, कूटनीतिक नियोगका प्रमुख र पत्रकार तथा दर्शकदीर्घाका लागि छुट्टाछुट्टै प्रवेशद्वार छन् । 

संसद भवनमा टाँसिएको सूचनामा छाता, लठ्ठी झोला, व्रिफकेस, पावर बैंक, इयरफोन, पेनड्राइभ, चार्जर, चाबी, डायरी, कलम, हातहतियार सुर्तीजन्य पदार्थ, चकलेट, चुइगम, पानीको बोतल, चश्मा, औषधि, धातुजन्य पदार्थ एवं सिक्का पैसा साथमा लैजान नपाइने उल्लेख छ ।


कस्तो लाग्यो ?

यो पनि