जेठ ०७, २०८१, सोमबार
               

यस्तो छ शनिबारसम्मको मौसम

नेपाल फ्ल्यास
बैशाख २५, २०७७

ADVERTISEMENT


काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल (बिहीबार बिहान) देशमा पश्चिमी न्यून चापीय रेखाको सामान्य प्रभाव, स्थानीय वायु, पूर्वी भु–भाग नजिक बनेको न्यून चापीय क्षेत्र तथा बंगालको खाडीबाट समेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको छ । 

महाशाखाका अनुसार अहिले (बिहान) देशको सुदुरपश्चिमीका भू–भागमा सामान्य बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो देशको पश्चिमी भू–भागमा सामान्य बदली र  बाँकी  भू–भागमा  आंशिक बदली रहनेछ ।देशको पश्चिमी भू–भागका केही स्थानमा  र मध्य–पूर्वी भू–भागका एक–दुई  स्थानमा मेघगर्जन, चट्याङ्ग सहित वर्षाको सम्भावना छ।

त्यस्तै आज राति देशभर सामान्य बदली रहने छ। देशको मध्य–पूर्वी भू–भागका केहि स्थानमा र पश्चिमी भू–भागका एक–दुई स्थानमा मेघगर्जन,चट्याङ्गसहित वर्षाको सम्भावना छ।

शुक्रबार देशभर बिहानीपख आंशिक बदली र दिउँसो पश्चात सामान्य बदली रहनेछ । पहाडी भूभागका केही स्थानमा साथै तराईका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

शनिबार पनि देशभर बिहानीपख आंशिक बदली र दिउँसो पश्चात सामान्य  बदली रहनेछ । देशको पश्चिमी, मध्य   भूभागका केही स्थानमा साथै पूर्वी भूभागका एक–दुई  स्थानमा मेघगर्जन, चट्याङ्ग सहित वर्षाको सम्भावना छ।


कस्तो लाग्यो ?

यो पनि