असोज ०६, २०८१, आइतबार
               

बेइजिङ उड्यो नेपाल एयरलाइन्स

नेपाल फ्ल्यास
बैशाख २४, २०७७

ADVERTISEMENT

नेपाल वायु सेवा निगमको वाइडबडी जहाजले पहिलोपटक चीनको राजधानी बेइजिङमा चार्टर्ड उडान गरेको छ । बेइजिङबाट अत्यावस्यक स्वास्थ्य सामग्री लिन निगमको वाइड बडी जहाज आज साँझ बेइजिङ उडेको हो ।

निजी व्यवसायीले अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन निगमको वाइडबडी जहाज चार्टर्ड गरेको बताइएको छ । निगमको कार्गो उडानको जहाजले बेइजिङबाट स्वास्थ्य सामग्री लिएर बिहीबार बिहान काठमाडौँ आइपुग्नेछ ।

चीनको राजधानी बेइजिङमा नेपाल एयरलाइन्सको पहिलो उडान हो । अहिलेको विषम परिस्थितमा गर्न लागिएको कार्गो उडान भए पनि बेइजिङ उडान निगमको उड्डयन इतिहासमै पहिलोपटक भएको निगमले उल्लेख गरेको छ । काठमाडौँ–बेइजिङ करिब सात घण्टाको उडान हुनेछ ।

निगमले यसअघि चीनको साङ्घाई हुँदै जापानको ओसाका उडान गर्ने गरेको थियो । सन् १९८४ ताका निगमले सो गन्तब्यमा उडान सुरु गरेको भए पनि अप्रिल १२ सन् २००७ मा जहाज अभावले ओसाका उडान बन्द भएको थियो ।    निगमले चीनको ग्वाङजाओमा व्यावसायिक उडानका लागि अनुमति पाएको थियो ।

नेपालमा कोभिड–१९ नियन्त्रणका लागि लकडाउन गरिएपछि उडान हुन सकेको छैन । बेइजिङलगायत गन्तब्यमा निरन्तर पहल गरिए पनि अझै उडान अनुमति पाउन सकेको छैन । अहिले नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने नेपालको निजी लगानी र चीनको संयुक्त लगानी भएको हिमालय एयरलाइन्सले चीनको बेइजिङ्ग र छोङ्गिनलगायत गन्तव्यमा  उडान गर्दै आएको छ । 

यो पनि