असोज ०६, २०८१, आइतबार
               

१७ जना कोरोना संक्रमित एकै परिवारका !

नेपाल फ्ल्यास
बैशाख २४, २०७७

ADVERTISEMENT

वीरगञ्ज । बुधबार थप भएका १७ जना कोरोनाभाइरसका संक्रमित वीरगञ्जको एकै परिवारका सदस्य भएको खुलेकाे छ ।

वीरगञ्ज महानगरपालिका–३ छपकैयास्थित एकै परिवारको १७ जनालाई संक्रमण भएको वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले बताए ।

३६ वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण भएपछि उनको सम्पर्कमा आएकाहरूको परीक्षण गराउदा १७ जनालाई संक्रमण पुष्टी भएको हो । आज देखिएका १७ जना संक्रमित हुनेमा दुई महिनाको शिशुदेखि ६६ वर्षका वृद्धसमेत छन् ।

बुधबार १७ जना नयाँ संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या ९९ पुगेको छ । जसमा २२ जना निको भएकोमा तीन जनामा फेरि संक्रमण देखिएको छ ।


कस्तो लाग्यो ?

यो पनि