बैशाख २३, २०८१, आइतबार
               

प्रदेश प्रहरी प्रमुखहरूलाई उच्च संवेदनशील भएर काम गर्न आइजिपीकाे निर्देशन

नेपाल फ्ल्यास
बैशाख २४, २०७७

ADVERTISEMENT

काठमाडौं। प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले भिडियो कन्फ्रेन्सद्वारा  सातवटै प्रदेशका प्रहरी प्रमुखहरूलाई उच्च संवेदनशील भई काम गर्न निर्देशन दिएका छन्।

महानिरीक्षक ज्ञवालीले कोरोना भाइरसको कारण सिर्जना भएको विषम परिस्थितिमा नेपाल सरकारद्वारा घोषित लकडाउन कार्यान्वयन गर्न अग्रपंक्तिमा खटिएको प्रहरी कर्मचारीहरुको स्वास्थ्य स्थितिप्रति प्रदेश प्रहरी नेतृत्व अझै संवेदनशील हुनुपर्ने बताए। आवश्यकता अनुसार मास्क, स्यानिटाइजर र पीपीईको थप व्यवस्था गरिने उनले बताए।

“यस्तो परिस्थितिमा खटिएका प्रहरी कर्मचारीहरूको स्वास्थ्य स्थितिप्रति प्रदेश प्रहरी नेतृत्व अझै संवेदनशील हुनुपर्छ”, उनले भनेका छन्, “प्रहरी कर्मचारीलाई आवश्यक मास्क र स्यानिटाइजर तथा अग्रपंक्तिमा खटिएका प्रहरीका लागि आवश्यकताअनुसार पीपीईसमेतकाे व्यवस्था गरिनेछ।”

यो पनि