असोज ०६, २०८१, आइतबार
               

साढे चार करोडका स्वास्थ्य सामग्री हस्तान्तरण

नेपाल फ्ल्यास
बैशाख २४, २०७७

ADVERTISEMENT

काठमाडौं । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था सङ्घले  कोभिड–१९ विरुद्धको पूर्व तयारी तथा त्यसको फैलावट रोकथाममा सघाउन चार करोड ५३ लाख बराबरकाे स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । कोरोना भाइरस नियन्त्रणका निम्ति अग्रपङ्तिमा खटिएका स्वास्थ्यकर्मीलाई उक्त संस्थाले आफूसँग आवद्ध १६ वटा संस्थाको संयुक्त सहयोगमा खरिद गरिएका  पर्सनल प्रोटेक्टिभ इक्विपमेन्टलगायत सामग्री आज हस्तान्तरण गरेको हो । 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङ र समाज कल्याण परिषद्का निमित्त सदस्य सचिव शिवकुमार बस्नेतको उपस्थितिमा संस्थाका अध्यक्ष अच्यूतकुमार लुइँटेलले ती सामग्री स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरे । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँगको समन्वय तथा समाज कल्याण परिषद्को सहयोगमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था सङ्घले ती सामग्री खरिद गरेको थियो । 


कस्तो लाग्यो ?

यो पनि