असोज ०६, २०८१, आइतबार
               

उपत्यका भित्रन खोज्ने १०३ सवारी फर्काइए

रासस
बैशाख २४, २०७७

ADVERTISEMENT

काठमाडौं । पछिल्लो समय विभिन्न बहानामा काठमाडौं उपत्यकामा भित्रने सवारी साधनको सङ्ख्या बढिरहेको बेला मङ्गलबार भने अत्यावश्यकबाहेकका १०३ सवारी साधन फर्काइएको छ । 

विश्वभरि फैलिएको कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि देशभरि लकडाउन गरेको छ । 

जसका कारण अत्यावश्यकबाहेक सवारी एक स्थानबाट अर्को स्थानमा आउन–जान रोक लगाएको छ ।

यसै क्रममा आज काडमाडौं महानगरपालिकाको उपप्रमुख हरिप्रभा खड्गी नागढुङ्गा हुँदै काठमाडौं उपत्यका भित्रन खोज्ने सवारी साधन र मानिसको आवागमनका विषयमा जानकारी लिनका लागि धादिङको सिमाना खत्रीपौवा पुगेकी थिइन् । 

महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले सोमबार ३७ सवारीलाई यहीँबाट फकाईएको र मङ्गलबार १०३ सवारीसाधन फर्काइएको जानकारी दिए ।

पछिल्लो समय लकडाउन भए पनि विभिन्न बहानामा र पहुँचको आधारमा पास बनाइ सवारी साधन बाहिरी जिल्लाबाट आउने क्रम बढेपछि अहिले उपत्यका भित्रने सबै नाकामा कडाइ गरिएको हो । 

काठमाडौंको जनजीवन सहज बनाउन अत्यावश्यक सामग्री ल्याएका र एम्बुलेन्सलाई मात्र उपत्यका प्रवेश दिएको र अन्यलाई फर्काइएको बताइएको छ ।

प्रहरी नायब उपरीक्षक श्रेष्ठल अहिले विदेशी नम्बरप्लेट भएका कुनै पनि सवारीसाधन आउने गरेका छैनन् । काठमाडौंमा आउने खाद्य तथा तरकारी छिमेकी जिल्ला धादिङ, चितवनलगायत ठाउँबाट आउने गरेका हुन् । 

नागढुङ्गा नाकामा सुरक्षा निकायले उपत्यका भित्रिने सवारी साधनको नम्बर र सवारीका चालकको सम्पर्क नम्बरसहितको विवरण लिएर सवारीलाई भित्र आउन दिने गरिएको छ ।

अनुगमनको क्रममा उपप्रमु खड्गीले सवारी चालकसँग भित्र आउनुपर्ने कारण, कति समय बस्ने, कहाँ बस्ने, सवारी साधन कसरी प्रयोग हुने गरेको छ जस्ता विषयमा जानकारी लिएकी थिइन् । त्यस्तै मास्क नलगाइ सवारी चलाउने चालकलाई मास्क वितरण गगरेकी थिइन् । 

वृत्त प्रमुख श्रेष्ठका अनुसार अहिले नागढुङ्गा नाकाबाट दैनिक औषतमा ५०० सवारी साधन भित्रिने गरेका छन् ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि