असोज ०६, २०८१, आइतबार
               

६ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज हुँदै

नेपाल फ्ल्यास
बैशाख २३, २०७७

ADVERTISEMENT

विराटनगर । काेसी अस्पतालमा उपचाररत ३१ जनामध्ये ६ कोरोना संक्रमित निकाे भई  बुधबार डिस्चार्ज हुने भएका छन् । 

सामाजिक विकास मन्त्रालयले मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै उनीहरूको दोस्रो रिपोर्ट पनि नेगेटिभ आएपछि भोलि (बुधबार) डिस्चार्ज गरिने जनाएको हो। पत्रकार सम्मेलनमा सामाजिक विकास मन्त्री जीवन घिमिरेले निको भएका ६ जनालाई बुधबार बिहान ८ वजे डिस्चार्ज गरिने बताएका छन् । 

गत वैशाख ५ र ६ गते उदयपुरबाट ल्याइएका १३ जनामध्ये ६ जनाको रिपोर्ट ३ पटकसम्म नेगेटिभ आएपछि डिस्चार्ज गर्न लागिएको उनले बताए।

डिस्चार्ज हुनेहरुलाई थप केही दिन विराटनगरस्थित एक क्वारेन्टिनमा राखिने मन्त्रालयले जनाएको छ। १२ जना भातीयसहित विराटनगरमा ३१ जना उपचाररत छन् । 


कस्तो लाग्यो ?

यो पनि