असोज ०६, २०८१, आइतबार
               

किट अभावमा कोरोना परीक्षण रोक

नेपाल फ्ल्यास
बैशाख २३, २०७७

ADVERTISEMENT

हुम्लामा पछिल्लो समय पैदल र हवाई मार्गबाट जिल्ला भित्रिएका नागत्रिकलाई कोरोना परीक्षण गर्नका लागि किट नहुँदा परीक्षण रोएिको छ ।  

जिल्लाका सात स्थानीय तहमध्ये तल्लो क्षेत्रमा रहेको अदानचुली गाउँपालिकामा २१ जनाको परीक्षण गरिएको छ । अन्य ६  स्थानीय तहमा किट नहुँदा ठूलो संख्याका जिल्ला बाहिरबाट उद्धार गरी जिल्लामा भित्रिएकालाई परीक्षण गर्न किटको अभाव हुँदा कोरोना भाइरस  परीक्षण रोकिएको छ । 

जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहका अनुसार कार्यालयसँग भएका सबै किटहरु सकिएका छन् । किट अभावमा परीक्षणको काम रोकिएको हो ।  प्रदेश सरकारले पहिलो पटक पठाएका किट सबै सकिएपछि परीक्षणमा समस्या निम्तिएको छ ।

 जिल्लाका सबै स्थानीय तहमा किट अभाव भएपछि कर्णाली प्रदेश सरकारसँग माग गरिएको प्रमुख सिंहले जानकारी दिए ।  यही वैशाख १८ गतेयता हुम्लामा पैदल मार्गबाट ७७४ जना र हवाई मार्गबाट ४८० जना हुम्ला भित्रिएका छन् । उनीहरू सबैलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखी  कोरोना भाइरस संक्रमण परीक्षण गर्नुपर्ने भए पनि किटको अभाव भएपछि स्वास्थ्यकर्मी नै अन्योलमा छन् । 


कस्तो लाग्यो ?

यो पनि