असोज ०६, २०८१, आइतबार
               

बाराको दसगजा क्षेत्रमा झडप

नेपाल फ्ल्यास
बैशाख २३, २०७७

सीमाना सांकेतिक
ADVERTISEMENT

बारा । भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानले नेपाली नागरिकमाथि हातपात गरेपछि बाराको सीमा क्षेत्रमा झडप भएको छ । 

विश्रामपुर गाउँपालिका–४ का स्थानीय वासिन्दालाई सोमबार हातपात गरेकाे थियो । सोही विषयलाई लिएर दुवैतर्फका बासिन्दासमेत सीमा क्षेत्रमा जम्मा भई झडपमा उत्रिएका थिए । सो क्रममा १०/१२ जना घाइते भएको विश्रामपुर गाउँपालिकाका मेयर अमिरीलाल राउतले  जानकारी दिए । 

सामान्य विवाद भए पनि कोरोना संक्रमणका कारण सर्वत्र सन्त्रास भएको समयमा यस्ता घुसपैठले अनेक आशंका हुने भएपछि दुवैतर्फका स्थानीयबासी नै आपसमा झडपमा उत्रिएको प्रहरीको भनाइ छ ।दुवै देशका सुरक्षा अधिकारी घटनास्थलमा पुगेर आ–आफ्ना देशका नागरिकलाई सम्झाउँदै स्थिति नियन्त्रणमा लिएका हुन्


कस्तो लाग्यो ?

यो पनि