बैशाख २५, २०८१, मंगलबार
               

चट्याङ लागेर एक जनाको मृत्यु, पाँच जना घाइते

नेपाल फ्ल्यास
बैशाख २३, २०७७

ADVERTISEMENT

सल्यानकाे कुमाख गाउँपालिका–३ चिनालीका ६ वर्षीया हिमानी रानाको चट्याङ लागेर मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार चट्याङ लागेर घाइते बालिकाको जिल्ला अस्पतालमा उपचारका क्रममा ज्यान गएको हाे । 

यस्तै, चट्याङ लागेर मृतककी आमा अतिराम र भाइ यमराज पनि घाइते भएका छन् । त्यस्तै, परिवारका अन्य सदस्यहरू टेकबहादुर, दीपा र रणसिंह राना पनि घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए।


कस्तो लाग्यो ?

यो पनि