असोज ०६, २०८१, आइतबार
               

लकडाउन थप गर्न सिफारिस

नेपाल फ्ल्यास
बैशाख २३, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना रोकथामका लागि गठित  कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको वैठकले लकडाउनकाे समयावधि थप गर्न सरकारलाई सिफारिस गरेकाे छ ।

मंगलबार बसेको समिति बैठकले अत्यावश्यक सेवा संचालन गर्ने गरी लकडाउन थप्नु पन्ने सुझाव दिने निर्णय गरेको छ ।बैठकपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव नारायणप्रसाद विडारीले आर्थिक, सामाजिक, स्वास्थ्य सुरक्षा र नागरिकको जनजीवनका सवालमा सरकारी निर्णयहरु सहि रहेको निष्कर्ष बैठकले निकालेको बताए।

 संक्रमणको जोखिम अझै नसकिएको र नियन्त्रणका लागि सरकारले लिएको लकडाउनको नीति ठीक भएको बैठकले निष्कर्ष निकालेको हाे । केकति दिन थप्ने भन्ने र अरू कुराहरू भोली बस्ने मन्त्रिपरिषद् बैठकले टुंगो लगाउँने जनाएकाे छ । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको उक्त बैठकमा प्रधानमन्त्रीसहित उच्चस्तरीय समितिका सदस्यसहित सबै सुरक्षा निकायका प्रमुखको उपस्थिति रहेको थियो । गत वर्ष चैत ११ गतेदेखि सरकारले निरन्तर रूपमा लकडाउन बढाउँदै आएको छ। 

 


कस्तो लाग्यो ?

यो पनि