असोज ०६, २०८१, आइतबार
               

बाँकेमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि, नेपालभर कुल सङ्ख्या ८२ पुग्यो

नेपाल फ्ल्यास
बैशाख २३, २०७७

ADVERTISEMENT

बाँकेको नेपालगन्जमा नेपालमा थप सात जना कोरोना भाइरस सक्रमित भेटिएसँगै नेपालमा सक्रमित भएकाहरूको सङ्ख्या ८२ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह प्रवक्ता समीर कुमार अधिकारीले चार जना महिला र तीन जना पुरुषमा संक्रमण भएको पुष्टि गरेका छन् ।

मङ्गलवार भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा ९, ३२, ३४ र ५५ वर्षका महिला तथा २२, ३० र ४० वर्षका पुरुषमा कोरोना पुष्टि भएको हो । उनीहरू सबैको स्वास्थ्य सामान्य छ । नयाँ सातै जना सक्रमित बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ का रहेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसअघि बाँकेमा १५ जना सक्रमित फेला परेका थिए । सक्रमित बढेसँगै नेपालगन्जमा कोरोना परीक्षणलाई तीव्र बनाइएको छ । सक्रमितको सङ्ख्या बढेपछि नेपालगन्जमा आज (मङ्गलवार) २५ गतेसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।

पछिल्ला दिनमा विभिन्न विषयले नेपालको राजनीति तरङ्गित भएकाले कोरोना भाइरसको चर्चा कम भएको छ । तर सक्रमित थपिने क्रम भने रोकिएको छैन । सुरुवाती दिनमा एक वा दुई जना कोरोना सक्रमित भेटिदा निकै चर्चा हुन्थ्यो । त्रास र सतर्कता हुन्थ्यो । तर पछिल्ला दिनमा नेपालमा कोरोना सक्रमित भेटिनु सामान्य जस्तै भइसक्यो ।

कोरोना संक्रमणको तेस्रो चरणमा पुगेको नेपालगन्ज, उदयपुरलगायतका ठाउँमा त्रास छ। अरू ठाउँका सर्वसाधारणले भने सक्रमित भेटिएको खबर सुन्दा सामान्य रूपमा लिन थालिसकेका छन् । तर दिनप्रतिदिन सक्रमितको सङ्ख्या बढ्दै जाँदा नेपाल थप जोखिममा पर्दै गएको छ । सरकारले परीक्षणको दायरा बढाएसँगै कोरोना सक्रमितको सङ्ख्या बढ्दै गएको छ ।


कस्तो लाग्यो ?

यो पनि