असोज ०६, २०८१, आइतबार
               

नेपालगञ्जमा आजदेखि निषेधाज्ञा, थप ७ जनामा कोरोना पुष्टि

नेपाल फ्ल्यास
बैशाख २३, २०७७

ADVERTISEMENT

नेपालगन्ज उपमहानगरपालिकालाई आज (मङ्गलबार) देखि तीन दिनका लागि निषेधित क्षेत्र घोषणा गरिएको छ।  कोरोना भाइरस सङ्क्रमित बढ्न थालेपछि निषेधाज्ञा लगाउने सोमबार निर्णय भएको थियो ।

सर्वपक्षीय बैठकको निर्णय  अनुसार आज बिहान ११ बजेदेखि आउँदो बिहीबार मध्यरात १२ बजेसम्मका लागि निषेधित क्षेत्र घोषणा गरिएका बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए ।

सुरक्षा र स्वास्थ्यकर्मी तथा स्वाब सङ्कलन गर्ने र कन्ट्याक्ट ट्रेसिङका जनशक्तिबाहेक अरूलाई आवागमनमा पूर्णरुपमा रोक लगाइने उनले बताए । बैठकले आफ्नो क्षेत्र सुरक्षित गर्ने बहानामा बाटो छेक्न र राजमार्ग रोक्न नपाइने, सब्जीमण्डीलाई अर्को निर्णय नभएसम्मका लागि बन्द गर्ने, सामाजिक तथा धार्मिक सद्भावमा आँच आउने सामग्री प्रकाशन, प्रसारण र पोस्ट गर्ने व्यक्तिको पहिचान गरी तत्काल कानुनी कारबाही गर्ने निर्णयसमेत गरेको छ । नेपालगन्जमा गएको २३ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

यसैबीच कोरोना सङ्क्रमित भेटिएपछि छिमेकी पालिकाहरूले पनि सतर्कता अपनाएका छन् । बाँकेमा पछिल्लापटक ७ सङ्क्रमित थपिएपछि नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरूको सङ्ख्या ८२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि