असोज ०६, २०८१, आइतबार
               

किट  सकिएपछि कोरोना परीक्षण रोक

नेपाल फ्ल्यास
बैशाख २२, २०७७

ADVERTISEMENT

भैरहवा । रुपन्देहीको भैरहवास्थित प्रदेश जनस्वास्थ्य कार्यालयमा कोरोना परीक्षण रोकिएको छ  आरटिपिसिआर मेसिनमा प्रयोग हुने एक्सट्रक्सन किट सकिएकाले परीक्षण रोकिएको प्रयोगशालाका विशेषज्ञ सुमन सापकोटाले बताए । उनले भने, “सुरुमा २५० किट आएको थियो । सबै सकियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट पठाउने कुरा छ । आएपछि पुनः परीक्षण सुरु हुन्छ ।”

आरटिपिसिआर मेसिनमा आरएनए एक्सट्रक्सन किट र पिसिआर किट प्रयोग हुन्छ । उक्त प्रयोगशालामा सुरुमा पिसिआर मेसिनबाट परीक्षण गरिएको भए तापनि नेशनल प्याथ ल्याबले दिएको आरटिपिसिआर मेसिनमार्फत पछिल्लो समय जाँच गरिँदै आएको छ । यद्यपि संघीय कृषि तथा पशुपन्छी मन्त्रालयले दिएको आरटिपिसिआर मेसिन पनि प्राविधिक समस्याका कारण प्रयोग हुन सकेको छैन ।

किट अभावका कारण आइतबारदेखि कुनै पनि परीक्षण नभएको जनाइएको छ ।  अहिलेसम्म ३३७ नमूना परीक्षण गरिएको छ । हाल नमूना परीक्षणका लागि आएमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउने गरिएको छ ।


कस्तो लाग्यो ?

यो पनि