असोज ०६, २०८१, आइतबार
               

सवारी पास बन्द

रासस
बैशाख २२, २०७७

ADVERTISEMENT

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट जिल्लालाई जोगाउन पर्वतमा अन्तरजिल्ला सवारी साधनको पास वितरण बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालयले सोमबार एक सूचना प्रकाशित गर्र्दै अर्को सूचना जारी नभएसम्मका लागि पर्वत जिल्लाभन्दा बाहिर जाने सवारी साधनका लागि पास वितरण गर्न स्थगित गरिएको जनाएको छ । 

प्रमुख प्रशासकीय अधिकृत घनश्याम गौतमद्वारा जारी सूचनामा बन्दाबन्दीको अवधिमा अत्यावश्यक पसलबाहेक अन्य पसलहरू बन्द गर्न पनि आग्रह गरिएको छ । त्यसैगरी जिल्ला भित्रिनेहरुका लागि स्वास्थ्य चेकजाँचमा कडाइसमेत गरिएको छ । 

पर्वतलगायत धौलागिरिमा भित्रिने मुख्य नाका पर्वतको मोदी गाउँपालिकास्थित डिमुवामा रहेको हेल्थ डेस्कमा मात्रै आठ हजारभन्दा बढीको स्वास्थ्य जाँच गरिएको मोदी गाउँपालिकाले जनाएको छ । 
 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि