असोज ०६, २०८१, आइतबार
               

पेस्तोलसहित ३ जना पक्राउ

नेपाल फ्ल्यास
बैशाख २२, २०७७

ADVERTISEMENT

काठमाडौं । कैलालीमा पेस्तोलसहित ३ जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका– १२ का २१ वर्षीय अविनाश थापा, २० वर्षीय नवराज बराईली  र २५ वर्षीय विनोद कुँवर पक्राउ परेका हुन् । 

क्षेत्रीय अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीलेउनीहरूलाई धनगढी उप–महानगरपालिका–७ स्थित जोख्खरताल क्षेत्रबाट पक्राउ गरेको हो ।

उनीहरूको साथबाट एक थान कटुवा पेस्तोल र एक थान गोली बरामद गरेको प्रहरीले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि