जेठ ०५, २०८१, शनिबार
               

मौसमविद् भन्छन्, सतर्क रहौँ

नेपाल फ्ल्यास
बैशाख २२, २०७७

ADVERTISEMENT

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव, स्थानीय वायु तथा पूर्वी भू–भाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव हुनुको साथै बंगालको खाडीबाटसमेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको छ ।

यसैगरी, हाल देशभर सामान्यदेखि पुर्ण बदली रही पश्चिमी भू–भागका केहि स्थानहरुमा मेघ गर्जन, चट्याङसहित वर्षा भइरहेको छ ।
सोमबार दिउँसो देशको अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण  बदली रहने र देशका केही स्थानहरूमा  मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको पूर्वानुमानमा उल्लेख छ । 

राति,  देशको अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी र मध्य भू–भागका थोरै  स्थानहरुमा र  पूर्वी भू–भागका केही स्थानहरुमा  मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको छ।


कस्तो लाग्यो ?

यो पनि