असोज ०६, २०८१, आइतबार
               

टीभी चोरीको आरोपमा तीन पक्राउ

नेपाल फ्ल्यास
बैशाख २२, २०७७

ADVERTISEMENT

काठमाडौं ।  धादिङमा टीभी चोरीको आरोपमा तीनजना पक्राउ परेका छन् । पार्किङ गरेका बसहरुबाट एलइडी टीभी र म्यूजिक प्लेयर चोर्नेलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

धादिङ मण्डली यातायात प्रालिद्वारा सञ्चालित धादिङवेशीमा विभिन्न मितिमा पार्किङ गरी राखिएको  बा ४ ख ७३८०, ना ४ ख २८९१, ना ६ ख ९१३० र लु २ ख १९५४ नंम्बरको बसहरुमा यात्रुहरुको मनोरञ्जनको लागि जडान गरिएको एलइडी टिभी तथा म्यूजिक प्लेयरहरु चोरी भएको थियाे ।

चोरको खोजतलास गर्दै जाने क्रममा वैशाख १८ गते धादिङ कै सिद्धलेक गाउँपालिका– ५ पोखरी स्थितबाट चोरी गरिएका एलइडी टीभी ६ थान, म्यूजिक प्लेयर ३ थान, स्पिकर २ थान, चोरी गर्न प्रयोग भएका औजारहरु ४ थान सहित चोरी गर्ने अभियुक्तहरु जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरी टोलीले फेला परेको थियो ।

पक्राउ पर्नेमा धादिङ जिल्ला सिद्धलेक– ५ बस्ने वर्ष २२ को अभिषेक श्रेष्ठ, सोही स्थान बस्ने वर्ष १९ का श्याम श्रेष्ठ र वर्ष २५ को अजय श्रेष्ठ रहेका छन् ।
 


कस्तो लाग्यो ?

यो पनि