असोज ०६, २०८१, आइतबार
               

सैनामैनाको दक्षिण भेगमा उच्च सतकर्तता

नेपाल फ्ल्यास
बैशाख २१, २०७७

ADVERTISEMENT

रुपन्देहीमा एक कोरोना सङ्क्रमित व्यक्ति फेला परेपछि सैनामैना नगरपालिकाले सीमा क्षेत्रको दक्षिण भेगमा उच्च सतकर्तता अपनाउने भएको छ । नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीको अध्यक्षतामा आज बसेको विपद् व्यवस्थापन तथा राहत कोषको बैठकले वडा नं ४ स्थित मुर्गिया– लुम्बिनी सडक र वडा नं ७ स्थित कलौनी– लुम्बिनी सडकको दक्षिण नाकामा कडा निगरानी गर्ने निर्णय गरेको छ । 

मुर्गिया– लुम्बिनी र  कलौनी– लुम्बिनी सडकबाट मधेश क्षेत्र र भारततर्फबाट आउने व्यक्तिको आवातजावत बढी भएकाले सो निर्णय भएको नगर प्रमुख कार्कीले जानकारी दिए ।  उनले बन्दाबन्दीको उल्लंघन  हुन नदिन वडाध्यक्षको संयोजकत्वमा जनप्रतिनिधि, समाजसेवी र

प्रहरीसहितको संयुक्त अनुगमन गस्ती टोली गठन भएको तथा नगरपालिकाका प्रत्येक टोलमा वडा सदस्य, टोल विकास संस्थाका अध्यक्ष र स्थानीय क्लब तथा आमा समूहका प्रतिनिधि रहेको तीन सदस्य अनुगमन समिति समेत निर्माण भएको बताए ।

बैठकले नगरपालिकाका सामुदायिक वनमा अनाधिकृत प्रवेशमा समेत रोक लगाउँदै दैनिक उपभोग्य वस्तुको बिक्रीवितरण गर्न  बिहान ८ देखि ३ बजेसम्म पसल खुला राख्ने निर्णय गरेको छ । 
 


कस्तो लाग्यो ?

यो पनि