असोज ०६, २०८१, आइतबार
               

औषधि बरामद

रासस
बैशाख २१, २०७७

ADVERTISEMENT

कपिलबस्तु ।  महाराजगञ्ज नगरपालिका वडा नं ७ स्थित सतभरामा अवैध रुपमा भारतबाट नेपालतर्फ ल्याइँदै गरेको औषधि बरामद गरिएको छ ।

गएराति लुकाएर भारतबाट नेपाल ल्याइँदै गरेको  एक लाख मूल्य बराबरको दुई बोरा औषधि सतभराका बासिन्दाले समातेर प्रहरीलाई खबर गरेका थिए । स्थानीयवासीले नजीकैको बगैँचामा अपरिचित व्यक्ति देखेपछि सोधपुछ गर्दा ती औषधि छाडेर भागेको स्थानीयवासी रामेश यादवले बताए ।

इलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले आज उक्त स्थानमा पुगेर स्थानीयवासीसँग जानकारी लिई घटनाको अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक प्रताप पौडेलले बताए । दुई देशबीच सीमा बन्द भएको अवस्थाको फाइदा उठाएर औषधि अवैध रुपमा भित्र्याउन खोजिएको महाराजगञ्ज –७ का वडाध्यक्ष अब्दुल समाद मुसलमानले बताए ऽ 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि