असोज ०६, २०८१, आइतबार
               

बाँकेमा सडक दुर्घटनामा परी पाँच जनाको मृत्यु

नेपाल फ्ल्यास
बैशाख २१, २०७७

ADVERTISEMENT

बाँकेमा बन्दाबन्दीमा भएका सडक दुर्घटनामा परी पाँचजनाको ज्यान गएको छ भने दुईजना गम्भीर घाइते भएका छन् । कोरोना भाइरसको सङ्क्रमणका कारण गत चैत ११ गतेदेखि बन्दाबन्दी जारी भएसँगै अत्यावश्यकीयबाहेकका सवारी साधन चलेका छैनन् ।

अत्यावश्यक कामका लागि सञ्चालित सवारीसाधन दुर्घटना परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कानुसार मृत्यु हुनेमा दुई सुरक्षाकर्मी, एक स्वास्थ्यकर्मी र अन्य दुई सर्वसाधारण  छन् । चैतमा भएका छ दुर्घटनामा दुईजना तथा वैशाख २० गतेसम्म भएका नौ दुर्घटनामा तीनजनाको ज्यान गएको छ ।  

कोहलपुर क्षेत्रमा भएका दुई दुर्घटनामा मात्रै तीन जनाको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख पबिन्द्र बमले जानकारी दिP । 


कस्तो लाग्यो ?

यो पनि