जेठ ०५, २०८१, शनिबार
               

आज मौसममा केही सुधार

नेपाल फ्ल्यास
बैशाख २१, २०७७

ADVERTISEMENT

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमि वायुको प्रभाव र स्थानीय वायु तथा पूर्वी भू–भाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव भइरहेको जनाएको छ । 

साथै, बंगालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको महाशाखाले जनाएको छ । यसैगरी, हालको देशको मौसमको अवस्था पहाडी भू–भागमा सामान्य बदली रहि बाँकी भू–भागमा आंशिक वदली भइरहेको छ । 

यस्तै, आइतबार दिउँसो देशको अधिकांश भू–भागमा सामान्य बदली रही केहि स्थानहरुमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

राति भने  देशको अधिकांश भू–भागमा सामान्य बदली रही पश्चिमी र मध्य भूभागका केहि स्थानहरुमा र  पूर्वी भू–भागका थोरै स्थानहरुमा  मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।


कस्तो लाग्यो ?

यो पनि