असोज ०६, २०८१, आइतबार
               

कोरोना संक्रमित भेटिएपछि रुपन्देही र बाँकेमा आउजाउ बन्द

नेपाल फ्ल्यास
बैशाख २०, २०७७

ADVERTISEMENT

 बुटवल । कोरोना संक्रमित व्यक्ति भेटिएपछि रुपन्देहीको कोटहीमाई गाउँपालिकाको एउटा गाउँ र बाँकेको नेपालगन्जका तीनवटा क्षेत्रमा आउजाउ बन्द गरिएको छ । कोरोना संक्रमण फैलिन नदिन स्थानीय प्रशासनले शुक्रबार साँझदेखि ती इलाकामा आउनजान गर्न नदिएर निगरानी बढाएको हो ।

रुपन्देही प्रशासनले कोरोना संक्रमित २५ वर्षीय युवकको गाउँ कोटहिमाई वडा नंं १ को पुर्निहवामा आउजाउ गर्न बन्द गराइएको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक हेमकुमार थापाले बताए ।

संक्रमितलाई लिन भारतीय सीमा क्षेत्रमा लिन गएका उनका दाजुलाई शुक्रबारै क्वारेन्टाइनमा पठाइएको र परिवारका अरु ६ जनालाई पनि शनिबार क्वारेन्टाइनमा पठाइएको छ । उनीहरू सबैको स्वास्थ्य परीक्षण हुने एसपी थापाले बताए

यस्तै, नेपालगन्ज उपमहानगरपालिका वडा नंं ८ स्थित २ वटा मस्जिद क्षेत्रलाई पनि सिलबन्दी गरिएको छ । नेपालगन्जको वडा नंं ८ स्थित अन्सारी मस्जिद र वडा नं १ धम्बोजीमा रहेको मस्जिद एरिया सिल गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि