असोज ०६, २०८१, आइतबार
               

कोरोना संक्रमण रोक्न नागढुंगामा ‘डिस्इन्फेक्सन टनेल’

नेपाल फ्ल्यास
बैशाख १८, २०७७

ADVERTISEMENT

कोरोना भाइरसको सङ्क्रमण काठमाडौँमा भित्रिन नदिनको लागि मुख्य नाका नागढुंगामा आधुनिक ‘डिस्इन्फेक्सन टनेल’ निर्माण गरिएको छ । काठमाडौँ भित्रिने गाडीहरूलाई संक्रमणमुक्त गर्न ‘डिस्इन्फेक्सन टनेल’ बनाइएको चन्द्रागिरि नगरपालिकाले जनाएको छ । काठमाडौँमा बिजुली बस चलाइरहेको सुन्दर यातायात प्रालिले आफ्नै खर्चमा टनेल बनाएको हो । टनेलमा चन्द्रागिरि नगरपालिकाले स्थान, पानीको व्यवस्थापन सुरक्षाको प्रवर्द्धन गरेको मेयर घनश्याम गिरीले बताए ।

सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले केन्द्र सरकार, चन्द्रागिरि नगरपालिकाबाट अनुमति लिएर ‘इन्फेक्सन टनेल’ बनाइएको बताए । टनेल शुक्रबारबाट सञ्चालनमा आउने छ । त्यो सञ्चालनमा आएपछि सबै सवारी साधन निसंक्रमण गरेपछि मात्र राजधानी प्रवेश गर्न पाउनेछन् । काठमाडौँ भित्रिने गाडीहरू टनेलमार्फत गुड्नुपर्ने छ ।

टनेलभित्र प्रवेश गर्दा गाडीको बाहिरी भागमा भाइरस मार्ने औषधि छर्किइन्छ जसका कारण कोरोना भित्रिन रोक्न मद्दत पुग्ने विश्वास गरिएको छ । नागढुंगामा टनेलले राम्रो नतिजा दिए फर्पिङ नाकामा पनि निर्माण गर्ने योजना रहेको सुन्दर यातायात प्रालिका अध्यक्ष थापाले बताए ।
 


कस्तो लाग्यो ?

यो पनि