मंसिर ०७, २०८१, शुक्रबार
               

लकडाउन अवज्ञा गर्ने व्यापारी पक्राउ

नेपाल फ्ल्यास
बैशाख १८, २०७७

ADVERTISEMENT

लकडाउनका समयमा पसल खोलेको कसूरमा दाङको तुलसीपुरबाट प्रहरीले आज सात जना  व्यापारीलाई पक्राउ गरेको छ ।  जिल्ला प्रशासन कार्यालयले साताको तीन दिन आइतबार, मंगलबार र बिहीबार  अत्यावश्यक सेवाका पसल सञ्चालन गर्न भने पनि अन्य पसल पनि सञ्चालन गरिएपछि तिनका सञ्चालकलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ पर्नेमा फेन्सी, स्टेशनरी र जुत्ताका पसल सञ्चालक रहेको प्रहरी निरीक्षक झलकप्रसाद शर्माले जानकारी दिए । पटक पटक सम्झाउँदा पनि अटेर गरेपछि  पक्राउ गरिएको र तिनलाई लकडाउन पूर्णरुपमा पालना गर्ने प्रतिबद्धता जनाएपछि केही बेर इलाका प्रहरी कार्यालयमा राखेर छाडिएको प्रहरीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि