असोज ०६, २०८१, आइतबार
               

राहत वितरणमा पक्षपात भन्दै वडाध्यक्षमाथि हातपात

रासस
बैशाख १८, २०७७

ADVERTISEMENT

डोटी । राहत वितरणमा पक्षपात भएको भन्दै डोटीको केआइसिंह गाउँपालिका–४ का वडाध्यक्ष जयलाल धामीलाई स्थानीयवासीले हातपात गरेका छन् । वडाध्यक्ष धामीलाई कुटपिटका साथै वडा कार्यालयमा तालाबन्दी गरिएको छ ।

राहत वितरण कार्यक्रममा स्थानीयले पक्षपातपूर्ण व्यवहार भएको भन्दै हातपात गरेको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी कर्ण बोहराले जानकारी दिए ।

यसबारे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले भने, ‘वडाअध्यक्ष राहत वितरण गरिरहेका थिए, एक्कासी आएर केही व्यक्तिले उहाँमाथि हातपातसहित कुटपिट गरेका रहेछन्, यसको छानबिन गर्न थालेका छौँ ।'

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि