जेठ ०७, २०८१, सोमबार
               

चट्याङ र हावाहुरी, सतर्कता हुन आग्रह

नेपाल फ्ल्यास
बैशाख १८, २०७७

ADVERTISEMENT

काठमाडौं । हाल देशमा पश्चिमी वायु, स्थानीय वायु र पूर्वी भू–भाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव हुनुको साथै बंगालको खाडी रअरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल पूर्वी भू–भागमा सामान्य बदली र मध्य पहाडी भूभागमा आंशिक बदली भै अन्य बाँकी भू–भाग मौसम सामान्यतया सफा रहेको महाशाखाको भनाइ छ ।

आज देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन, चट्याङ र असिना र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

शुक्रबार भने देशको पहाडी भू–भागमा सामान्य बदली र अन्य भू–भागमा आंशिक बदली रही अपरान्हपछि पश्चिमी र पूर्वी पहाडी भूभागका थोरै स्थानमा मेघगर्जनर चट्याङ र असिना र हावाहुरीसहित हल्का देखि मध्यम वर्षा र बाँकी भू–भागका केही स्थानहरुमा  मेघगर्जनर चट्याङ र असिना र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

शनिबार पनि  देशको पश्चिमी पहाडी भू–भागमा मध्यान्नपछि तथा मध्य र पूर्वी भू–भागमा सामान्य बदली र अन्य भू–भागमा आंशिक बदली रही देशका पहाडी भूभागका केही  स्थानहरुमा  मेघगर्जनर चट्याङ र असिना र हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि