असोज ०६, २०८१, आइतबार
               

विपन्नलाई नेविसंघ नेता विश्वकर्माले जुटाए सहयोग

नेपाल फ्ल्यास
बैशाख १७, २०७७

ADVERTISEMENT

काठमाडौं । नेविसंघका नेता टेकबहादुर विश्वकर्माले कोरोना र लकडाउनका कारण अप्ठेरोमा परेकाहरूलाई सहयोग गरेका छन् ।

उनको प्रयासमा एक हजार २८० जना विद्यार्थी, मजदुर तथा विपन्न वर्गको मानिसका घरमा चुलो बाल्ने बन्दोबस्त गरिदिएका हुन् ।

काठमाडौंका विभिन्न भागमा पुगेर चामल, दाल, नुन, तेल र मस्याैरालगायतका खाद्य सामग्री उनले उपलब्ध गराएका छन् । एक महिनाभन्दा लामो समयदेखि जारी लकडाउनका कारण खासगरी दैनिक ज्याला मजदुरी गर्ने कामदार अप्ठेरोमा परेका छन् । तिनै अप्ठेरोमा परेकाहरूलाई आफ्नो प्रयासले विभिन्न व्यक्तिबाट सहयोग संकलन गरी नेता विश्वकर्माले खाद्य सामग्री उपलब्ध गराएका हुन् । उनले आफूमार्फत सहयोग गरिदिएकोमा धन्यवादसमेत व्यक्त गरेका छन् ।

 


कस्तो लाग्यो ?

यो पनि