बैशाख २७, २०८१, बिहीबार
               

धनकुटेलीलाई सूर्यबहादुर थापा प्रतिष्ठानको सहयोग

नेपाल फ्ल्यास
बैशाख १७, २०७७

ADVERTISEMENT

काठमाडौं । सूर्यबहादुर थापा प्रतिष्ठानले कोरोना भाइरसका कारण लगाइएको लकडाउनबाट अप्ठेरोमा परेका काठमाडौंमा रहेका धनकुटेलीहरूका लागि खाद्य सामग्री सहयोग गरेको छ ।

प्रतिष्ठानका अध्यक्ष एवं पूर्वमन्त्री सुनिलबहादुर थापाले बुधबार खाद्य सामग्री धनकुटा-काठमाडौं सम्पर्क समाजलाई हस्तान्तरण गरेका हुन् ।

प्रतिष्ठानले लकडाउनका कारण असहज अवस्थामा रहेका व्यक्ति तथा परिवारका लागि दैनिक उपभोग्य सामग्री दिएको हो । त्यसमा चामल, दाल, न्युटेला, तेल, नुन र चिनीलगायत रहेको छ ।

प्रतिष्ठानले खाद्य सामग्री सहयोग गरिदिएकोमा निम्बस इन्टरनेसनल कम्पनी, केएल दुगड ग्रुप र साल्ट ट्रेडिङ कर्पोरेशनलाई धन्यवाद ज्ञापन गरेको छ ।

कामको सिलसिलामा काठमाडौं आई दैनिक ज्यालादारी गर्ने तथा विपन्न परिवारका लागि सो सहयोग गरिएको पूर्वमन्त्री थापाले जानकारी दिए । उनले लकडाउनका कारण समस्यामा रहेका धनकुटेलीहरूप्रति संवेदनशीलता र जिम्मेवारी वहन गरेको बताए ।

यो पनि