असोज ०६, २०८१, आइतबार
               

थप तीन जनामा कोरोना संक्रमणको पुष्टि

नेपाल फ्ल्यास
बैशाख १७, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा थप तीन जनामा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । 

नारायणी अस्पताल, वीरगञ्जका अनुसार बारा सीमराका २ जनामा र वीरगञ्ज छप्कैया–२ का एक जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा उनीहरुको स्वाबको नमूना परीक्षणका क्रममा नतिजा पोजेटिभ आएको हो ।

वीरगञ्जका संक्रमित सिद्धार्थ मावीस्थित क्वारेन्टाइनमा बस्दै आएका थिए ।

योसँगै वीरगञ्जमा मात्र कोरोना संक्रमितको संख्या ६ पुगेको छ । यसअघि गत आइतबार वीरगन्जका दुईजना व्यक्तिमा कोरोना संक्रमण देखिएको थियो। 

बारा जिल्लामा भने पहिलो संक्रमित फेला परेका हुन् । 

नेपालमा कोरोना संक्रमितको जम्मा संख्या ५७ पुगेको छ । संक्रमितधम्ये १६ जना निको भएर घर फर्किसकेका छन् ।


कस्तो लाग्यो ?

यो पनि