असोज ०६, २०८१, आइतबार
               

भारतमा कोरोना संक्रमित नेपाली परिवारका आठैजना निको भए

नेपाल फ्ल्यास
बैशाख १७, २०७७

ADVERTISEMENT

बीबीसी । कोरोनाभाइरस सङ्क्रमण भएर निको भएका एकै परिवारका आठ जना प्रवासी नेपालीले आफूहरूले अर्को जीवन पाएको अनुभव सुनाएका छन्।

यसअघि सवारी दुर्घटनामा परेर बाँच्न सफल परिवारका मूलीले चाहीँ आफूले तेश्रो जीवन पाएको भन्दै बीबीसीसँगको कुराकानीमा सन्तोष व्यक्त गरे।

पश्चिम नेपालको अछाम जिल्लाको चैरपाटी ठेगाना भइ भारतको मुम्बईमा बस्दै आएका एकै परिवारका आठ जनामा अघिल्लो महिना कोरोनाभाइरसको सङ्क्रमण देखिएको थियो।

तीनवटा अलग–अलग अस्पतालमा झण्डै साढे तीन साताको उपचारपछि निको भएका उनीहरू हाल दक्षिण मुम्बईको आफ्नो घरमा आराम गरिरहेका छन्।

सङ्क्रमण भएको यसरी थाहा भयो

परिवारका मूलीका अनुसार कार चलाउने काम गर्ने उनका माइलो भाइलाई भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाभाइरस नियन्त्रणको प्रयासमा लकडाउन घोषणा गर्नु अघि नै ज्वरो आइरहेको थियो।

पारिवारिक चिकित्सकबाट परीक्षण अनि विभिन्न अस्पतालमा जाँच गराएर औषधि खाँदा समेत ज्वरो आउने, छाति दुख्ने र टाउको दुख्ने क्रम रोकिएन।

त्यसपछि उनले भाइमा कोरोनाभाइरस रहे या नरहेको परीक्षण गराउने निधो गरे।

स्वास्थ्य परीक्षणमा भाइलाई कोभिड–१९ देखिएपछि उनलाई अस्पतालमा भर्ना गरियो।

एउटै घरमा बस्ने भएकाले परिवारका सबै ११ जनाको परीक्षण गराएको उनले बताए।

त्यसबेलासम्म परिवारका अरू सदस्यलाई पनि हात खुट्टा पोल्ने, श्वास प्रश्वासमा बाधा हुने जस्ता लक्षण देखिन थालेका थिए।

जाँचपछि उनकी श्रीमती, दुई छोरी, तीन भाइ र एक भतिजामा कोरोनाभाइरसको सङ्क्रमण देखिएको थियो।


कस्तो लाग्यो ?

यो पनि