जेठ ०७, २०८१, सोमबार
               

क्वारेन्टाइनमै सुत्केरी

रासस
बैशाख १७, २०७७

ADVERTISEMENT

पश्चिम सुर्खेतमा क्वारेन्टाइन बसेकी एक महिला सुत्केरी भएकी छन् । पञ्चपुरी नगरपालिकाले विद्यापुर क्याम्पसमा सञ्चालन गरेको क्वारेन्टाइनमा रहेकी कमला नेपाली मङ्गलबार बिहान छोरा जन्माएकी हुन् ।
 
नगरप्रमुख उपेन्द्रबहादुर थापाले कमलालाई सुत्केरी व्यथा लागेपछि स्वास्थ्यचौकी लगिएको बताए । आमा र शिशु दुवैको अवस्था सामान्य रहेको स्वास्थ्य चौकीले जनाएको छ ।

नगरप्रमुख थापाका अनुसार सुत्केरी भएपछि उनलाई होम क्वारेन्टाइनमै राखिने गरी पठाइनेछ । पञ्चपुरी–६ छाप्रेकी कमला चितवनबाट वीरेन्द्रनगर हुँदै आइतबार श्रीमान्सँगै विद्यापुर पुगेृकी थिइन् ।
 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि