असोज ०६, २०८१, आइतबार
               

७४ हजार जनालाई कामपाको राहत

नेपाल फ्ल्यास
बैशाख १६, २०७७

ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरपालिकाले ७३ हजार ८६० जनालाई लकडाउनको समयमा राहत उपलब्ध गराएको छ । विभिन्न दाताले उपलब्ध गराएको राहत भने २५ हजार २९६ लाई वितरण गरिएको छ । कामपाको ३२ वटै वडामा ४८ हजार ५६४ जनालाई राहत दिइएको हो । महानगरले राहत दिनुपर्ने गरी ८५ हजार २५४ को नामावली सङ्कलन गरेको थियो । 

महानगरका प्रशासन विभाग प्रमुख नमराज ढकालका अनुसार लकडाउनका कारण खानपानको समस्यामा परेका कूल ४९ हजार ३१४ जनालाई खाना खुवाइएको छ । महानगरले कुनै समस्या परे वा खान बस्नको समस्या भए आफूहरूलाई सम्पर्क गर्नसमेत आग्रह गरेको छ ।

प्रशासन प्रमुख ढकालकाअनुसार सोमबारसम्म महानगरले नगर क्षेत्रमा एक हजार १९ जनाको आरडिटी परीक्षण गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि